निर्मला बलात्कार-हत्याकाण्ड : निलम्बनमा परेका प्रहरीमाथि छानबिन गर्न यस्तो बन्यो विज्ञ समुह

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा अपराधी पक्राउ गर्न नसक्दा आलोचना भैरहेको छ ।
  • हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न देशभर दबाब बढेको छ ।

काठमाडौं । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा अपराधी पक्राउ गर्न नसक्दा आलोचना भैरहेको छ । हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न देशभर दबाब बढेको छ । निर्मलाको हत्यामा सबै प्रमाण मेटाएकाले छानबिनमा असहज भैरहेको बताइएको छ ।

निर्मलाको हत्यापछि प्रहरीले नै प्रमाण मेटाएको, मुख्य अभियुक्त जोगाउन नक्कली अभियुक्त खडा गरी पक्राउ गरेको, घटनास्थललाई सामान्यीकरण गरेको आरोपमा ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।

अनुसन्धानका लागि दबाब बढेपछि सरकारले विज्ञ समुह गठन गरेको छ । अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न प्रहरीकै विज्ञ समूह गठन गरिएको हो । प्रहरी प्रधान कार्यालयले आइतबार प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय विज्ञ प्रहरी समूह गठन गरेको छ ।

बलात्कार–हत्या प्रकरणमा प्रमाण लुकाउन प्रहरीले गरेका कामको बारेमा छानबिन समेत गर्न विज्ञ टोली गठन गरिएको हो । विज्ञ टोलीमा बस्न्यातसँगै प्रहरी वरिष्ठ उपरीक्षक नीरज शाही, उत्तम सुवेदी, प्रहरी उपरीक्षक गणेश रेग्मी, प्रहरी नायब उपरीक्षक रमेश थापा, सन्तोष आचार्य, प्रहरी निरीक्षक दधिराम न्यौपाने, कौशल बुढाथोकी र दीपक कार्की छन् ।

ग्ठन गरेको विज्ञ टोलीमा फरकफरक विषयमा विज्ञता राख्ने प्रहरी कर्मचारी छन् । बस्नेत र थापा अपराध अनुसन्धानमा पोख्त मानिन्छन् । न्यौपाने पोलिग्राफ परीक्षण, शाही साइबर अपराध अनुसन्धान र कौशल कल डिटेल विश्लेषणमा पोख्त मानिन्छन् । रेग्मी कानुनका विज्ञ हुन् । सुवेदी, आचार्य र कार्की देशभरका प्रहरी कर्मचारीविरुद्ध आउने उजुरी हेर्ने शाखामा छन् ।

विज्ञ समुहले अनुसन्धान गरी घटनामा आएका विषयमा सत्यतथ्य बाहिर ल्याउने आसा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?