नेपालकाे शानदार जित, ३ अाेभर मै लक्ष्य पुरा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेपालकाे शानदार जित, ३ अाेभर मै लक्ष्य पुरा !

सारांश

  • काठमाडाैँ १७ असाेज ।
  • मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगिता अन्तर्गत नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेकाे छ ।
  • म्यानमारले दिएकाे ३० रनकाे लक्ष्य नेपालले मात्र ३ अाेभरमा २ विकेट गुमाएर पुरा गरेकाे हाे ।

काठमाडाैँ १७ असाेज । मलेसियामा जारी पहिलाे चरणकाे टि२० विश्वकप छनाेट प्रतियाेगिता अन्तर्गत नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेकाे छ । म्यानमारले दिएकाे ३० रनकाे लक्ष्य नेपालले मात्र ३ अाेभरमा २ विकेट गुमाएर पुरा गरेकाे हाे ।

म्यानमारले १० अाेभरमा मात्र २९ रन बनाएर अल अाउट भएपछि नेपालले ३० रनकाे लक्ष्य पाएकाे थियाे । नेपालका सुरुवाति ब्याट्सम्यान प्रदिप सिँह एेरी शुन्य रनमै पवेलियन फर्किएका थिए भने अनिल कुमार शाह ११ रन बनाएर अाउट भए । नेपालकाे लागि विजयी  छक्का करन केसीले प्रहार गरेका थिए ।

 पहिलाे खेल अन्तर्गत म्यानमार विरुद्ध टस जितेर फिल्डिङ् राेजेकाे थियाे। पहिले बलिङ् गरेकाे नेपालका लागि सन्दिप लामिछाने एक्लैले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिए ।

खेलका म्यान अफ द म्याच सन्दिप लामिछाने भए ।

बुधबार नै भएका अरु दुई खेलमा भने थाइल्याण्ड र मलेसियाले विजयी सुरुवात गरेका छन् । थाइल्याण्डले चीनलाई १० विकेटले हरायाे भने मलेसियाले भुटानलाई ६७ रनले हराएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?