अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
४७ पटक हेरिएको
Shares
अन्तत : रियलबाट रोनाल्डो बाहिरिएपछि नेइमार भित्रिने पक्कापक्की

सारांश

  • एजेन्सी, पुस ११ ।
  • नेइमार रियल मड्रिडसँग अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा रहेको स्पेनिस पत्रिकाले दाबी गरेका छन् ।
  • ब्राजिलियन स्टार नेइमारले यहि सिजन विश्वकीर्तिमानी मूल्यमा ला लिगा क्लब छोडेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् ।

एजेन्सी, पुस ११ । नेइमार रियल मड्रिडसँग अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा रहेको स्पेनिस पत्रिकाले दाबी गरेका छन् । ब्राजिलियन स्टार नेइमारले यहि सिजन विश्वकीर्तिमानी मूल्यमा ला लिगा क्लब छोडेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् ।

तर पछिल्लो समय उनी पिएसजीमा खुसी नरहेको र ला लिगा क्लब फर्किन चाहेको भन्ने खबरले नेइमारले ठूलो रकममा आँखा लगाएको आंकलन पनि गरिएको छ ।

नेइमारका बुवा नेइमार सिनियरले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग अनुबन्धका सम्बन्धमा छलफल पनि गरिसकेका छन् । स्पेनिस पत्रिका डायरिओ गोलका अनुसार नेइमार सन् २०१९/२० सिजनमा रियल मड्रिड जाने विषयमा दुईपक्ष सहमत भएका छन् ।

नेइमार पिएसजीमा आफ्नै नामका लागि दुई वर्ष बस्न चाहेको खबर छ । उनी यहाँ पिएसजी रहेर क्लबबाट च्याम्पियन्स लिग र व्यक्तिगत रुपमा बालोन डी’ओर जित्न चाहेको उनका नजिकका साथी बताउँछन् । त्यसपछि नयाँ चुनौतिका लागि नेइमार रियल मड्रिड जाने खबरमा उल्लेख छ ।

तर रियल अध्यक्ष पेरेजले भने नेइमारलाई दुई सय २२ मिलियन पाउण्ड तिरेर विश्वको महंगो खेलाडी तथा बर्नाबेउको प्रमुख खेलाडी बनाउन तयार रहेको भन्दै आउँदो सिजन नै क्लब आउन आग्रह गरेको खबरमा उल्लेख छ ।

बार्सिलोनामा रहँदा लियोनल मेस्सीको छायामा रहेकाले रियल आएपछि नेइमार रोनाल्डोको छायामा पर्न नचाहेको र उनले आउँदो सिजन नभइ त्यसपछिको सिजन रोजेको दाबी छ । नेइमार रियलका कीर्तिमानी गोलकर्ता रोनाल्डोको खेल जीवन सकिने बेलातिर रियल आउन चाहेका छन् ।

नेइमार अनुबन्धका लागि तयार भएको खबरले रोनाल्डो निराश रहेको खबर पनि आएको छ । उनी अहिले क्लबका अध्यक्ष पेरेजसँग बोल्न पनि नचाहने अवस्थामा रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?