दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प
सारांश
- ३० कात्तिक, दार्चुला ।
- जिल्लाको मार्मा गाउँपालिका–६ शेरीमा रहेको मालिकार्जुन प्राविका प्रधानाध्यापक (प्रअ) मणिराज आचार्य दशैं बिदामा घर गए पनि अझै फर्केका छैनन् ।
- उनी विद्यालयमा अनुपस्थित हुँदा पठनपाठन प्रभावित बनेको छ ।
३० कात्तिक, दार्चुला । जिल्लाको मार्मा गाउँपालिका–६ शेरीमा रहेको मालिकार्जुन प्राविका प्रधानाध्यापक (प्रअ) मणिराज आचार्य दशैं बिदामा घर गए पनि अझै फर्केका छैनन् । उनी विद्यालयमा अनुपस्थित हुँदा पठनपाठन प्रभावित बनेको छ ।
सुनसरी स्थायी घर भएका प्रअ आचार्य विद्यालय व्यवस्थापनलाई जानकारी नै नगराइ अनुपस्थित रहेको अभिभावकहरुको गुनासो छ ।
शिक्षक अभिभावक संघका सदस्य शंकरसिंह धामीले विना जानकारी प्रअ अनुपस्थित हुँदा पठनपाठन र प्रशासनिक काम प्रभावित भएको बताए ।
आचार्य नफर्कंदा उनले अध्यापन गराउँदै आएको नेपाली, अग्रेजी र गणित विषय विद्यार्थीले पढाउन पाएका छैनन् ।
प्रधानाध्यापक मणिराज आचार्यले भने बिरामी भएकाले विद्यालयमा उपस्थित हुन नसकेको बताए । ‘विद्यार्थीहरुको भविष्यमाथि नै खेलबाड गर्ने मनसायले नभइ विरामी भएकाले विद्यालयमा उपस्थित हुन नसकेको हुँ’, प्रअ आचार्यले भने ।
प्रधानाध्यापक अनुपस्थित भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलगायतले कारबाहीको माग गर्दै मार्मा गाउँपालिका र जिल्ला शिक्षा कार्यालयलाई निवेदन दिने निर्णय गरेका छन् ।
प्रतिक्रिया