पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ : महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
१८
|
२६ पटक हेरिएको
Shares
पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ : महेश बस्नेत

सारांश

  • काठमाडौं, २८ असार ।
  •  सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्ने माग गरेका छन।
  • नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले बिहिबार  संसदमा विशेष समयमा बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।

काठमाडौं, २८ असार । सामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्नुपर्ने माग गरेका छन।

नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले बिहिबार  संसदमा विशेष समयमा बोल्दै उनले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए ।

बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने उनले बताए ।

भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलिरहनुभएको छ । कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैैपर्छ ।’

प्रतिक्रिया

18 कमेन्ट

    Comment Author

    उज्जोल ओली क्षेत्री

    बौलायो के हो?

    Comment Author

    Sharad Chandra Acharya

    Panijahaj ko kuro garne p.m. nai hun.hami janta ta kahile aaucha vanera parkhi raheka chaau.

    Comment Author

    Manish Hangaam

    हैट तेसो गर्नु हुदाईन माननीय ज्यु!हाम्रो सम्माननीय प्रधानमन्त्री ज्युको पद खुस्किन छ

    Comment Author

    Man Rawal

    _पानी जांबाज कुरा तो प्रधान मंत्री हो

    Comment Author

    Thaman Bhandari

    कारबाई गरनि भय अोलिलाई गरनु कुरो अोलि जिले नै ल्यायको हो

    Comment Author

    Baburam Adhikari

    समुन्द्रमा पानी जहाजमा नेपालको झन्डा राखेर चलाउने भन्दा किन कोही बहुलाउनु ?

    Comment Author

    Baburam Adhikari

    के पि ओली रक्सी ,भाङ खाएर बस्नु पर्ने ?

    Comment Author

    Tilak Karki

    kp olilai gare hunxa kura garne unai ho

    Comment Author

    Hari Giri

    Yo rana sasan ho ra mananiye ju tapai kai jilla ma kudaunu parx pahila ahile chadai x ni hoin pani jahaj bhaktapur ma

    Comment Author

    Shiva Shrestha

    यो पनि बौलाउन लागेछ

    Comment Author

    JN Bhatta

    Taso ta k p ji nai ho ni

    Comment Author

    Raj Sundar Shrestha

    Hanauman bhakta

    Comment Author

    Manoj Aryal

    तिमी हरूकाे दुईतिहाई काे दम्भ सुरूभयाे

    Comment Author

    Ganesh Khadka

    kura garne lai vanda hawa vasan dine lai garbe ho ki pahile neta jeee?

    Comment Author

    Gobinda Neupane

    के को साइबर क्राइम मात्रै फाँसी दिनु पर्छ फाँसी ।रैती भएर राजा महाराजा हरुको बिरुद्ध बोल्ने दुस्साहस गर्ने अपराधी लाई फाँसी दिएर बालकृष्ण ढुङ्गेल हरु जस्ता महान पुण्य कर्ता हरु सबै लाई सम्मान गर्नु पर्छ।।।

    Comment Author

    दावा शेर्पा

    महेस बस्नेत बौलायोकिकेहो अाफ्नै पर्धनमन्तिरीलाई साईबर क्राईमको मुद्दा लगाउने भन्छा

    Comment Author

    Danb Gm

    महेसले आफ्नो नेता,प्रधानमन्त्रीको कुराको व्यंग्य किन नपचेको?बरु आफ्नै नेताको वरिपरिको बिजोगलाई कसरी पार लाउने,दिमाग र हात लगाउ,नहराउ!

    Comment Author

    Durga Basyal

    त्यसो भए प्रधानमंत्री लाई हाल्नु पर्यो किनकी पहिला कुरा गर्ने उनै हुन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 18
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?