जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
३२ पटक हेरिएको
Shares
जनप्रतिनिधिसहित स्थानीयवासीद्वारा पशुपति क्षेत्रको गुरुयोजना खारेजी माग

सारांश

  • पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग सर सल्लाह नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।
  • सङ्घर्ष समितिले आज पशुपति क्षेत्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घीय सांसद गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष दिनेशकुमार डङ्गोललगायतले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरे ।
  • सांसद थापाले जनप्रतिनिधिसँग सल्लाहसमेत नगरी ल्याइएको गुरुयोजना खारेजीको माग गर्न आजै आफूले कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर स्थानीयवासीको समस्याका विषयमा अवगत गराएको कार्यक्रममा जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग सर सल्लाह नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

सङ्घर्ष समितिले आज पशुपति क्षेत्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घीय सांसद गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष दिनेशकुमार डङ्गोललगायतले एक स्वरमा कोष सञ्चालक परिषद्ले २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनाको विरोध गरे ।

सांसद थापाले जनप्रतिनिधिसँग सल्लाहसमेत नगरी ल्याइएको गुरुयोजना खारेजीको माग गर्न आजै आफूले कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर स्थानीयवासीको समस्याका विषयमा अवगत गराएको कार्यक्रममा जानकारी दिए ।

प्रदेशसभा सदस्य वैद्यले मन्त्री भट्टराईले परिषद् अध्यक्ष भएर गुरुयोजना पारित गर्ने र स्थानीयवासीलाई भने सहयोग गर्छु भनी दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाए । वडाध्यक्ष डङ्गोलले स्थानीयवासीको प्राचीनकालदेखिको बस्ती नाश गर्ने, स्थानीयवासीका चाड पर्व, धर्म संस्कृति पनि नष्ट हुने भएकाले गुरुयोजना खारेज हुनुपर्ने बताए ।

समितिले कोषका कुनै पनि पदाधिकारीसँग अब वार्ता नगर्ने घोषणासमेत सो अवसरमा गरेको छ । परिषद्का अध्यक्षसमेत रहेका मन्त्री भट्टराईलाई माग राखी गुरुयोजना खारेजीका लागि अपिल गर्न लागिएको सङ्घर्ष समितिका संयोजक आशामान सँगतले बताए ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?