अप्राकृतिक मैथुन गरेको भन्दै हेडसर परे थुनामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
४८ पटक हेरिएको
Shares
अप्राकृतिक मैथुन गरेको भन्दै हेडसर परे थुनामा

सारांश

  • पर्वत, २ भदौ – आफैले पढाउने बालिकामार्थि अप्राकृतिक मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् ।
  • फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो ।
  • थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ ।

पर्वत, २ भदौ – आफैले पढाउने बालिकामार्थि अप्राकृतिक मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् ।

फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो ।

थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो

प्रअ पौडेलले करीब एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफूले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पीडित बालबालिकाले आफ्ना अभिभावकलाई बताएका थिए । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउनुका साथै फलेबासस्थित प्रहरी चौकीमा बुझाएका थिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
माओवादी केन्द्र अलमलमा,भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोड’
माओवादी केन्द्र अलमलमा,भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोड’
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
प्रधानमन्त्री कार्कीको सिफारिसमा भण्डारी पहिलो महिला महान्यायाधिवक्ता बन्ने
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा