वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली

सारांश

  • काठमाडौं – गत प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित नेकपाका नेता वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन् ।
  • मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृतिपत्र पेस गरेका छन् ।
  • त्यसलाई पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने सांसद मानन्धरले जानकारी दिए ।

काठमाडौं – गत प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित नेकपाका नेता वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन् ।

मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृतिपत्र पेस गरेका छन् । त्यसलाई पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने सांसद मानन्धरले जानकारी दिए ।

‘मेरोतर्फबाट पार्टीको सचिवालयमा राजीनामा गर्ने स्वीकृति पाऊँ भनेर निवेदन दिएको छु,’ मानन्धरले मंगलबार राजधानीको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब पहिले पार्टीले निर्णय गर्छ अनि म राजीनामा दिन्छु ।’

उनले आफ्नो पत्र सोमबारै सचिवालयमा पठाएका थिए । काठमाडौं ७ मा दुईपटक लगातार जितेका मानन्धरले गौतमका लागि आफूले स्वत:स्फूर्त रूपमा राजीनामा दिने निष्कर्षमा पुगेको दाबी गरे ।

कान्तिपुर दैनिकमा  खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?