अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २५, २०८०
|
|
२३ पटक हेरिएको
Shares
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ

सारांश

  • काठमाडौं ।
  • प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक जना महिला डाक्टरलाई नियन्त्रणमा लिएको छ ।
  • पक्राउ पर्नेमा डा एरिना यादव रहेको छिन् ।

काठमाडौं । प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक जना महिला डाक्टरलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा डा एरिना यादव रहेको छिन् । अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म एरिना, सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ ।

यसअघि पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् ।

अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए । शर्मा मेडिकल व्यवसायी हुन् भने सांसद भएपछि संसदीय मोर्चामै व्यस्त थिए ।

यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जजाएको छ । सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?