हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए । सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए । उनले भने, “मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु । हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म यसमा गम्भीर छु ।”

यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताए । उनले भने, “हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको छ । तपाईहरूले दिएका सुझाव महत्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
किन जाँदैछन डा बाबुराम भट्टराई  युरोप भ्रमणमा ?
किन जाँदैछन डा बाबुराम भट्टराई युरोप भ्रमणमा ?
सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउन आवश्यक : गृहमन्त्री
सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउन आवश्यक : गृहमन्त्री
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा  (भिडियाे)
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा (भिडियाे)
बाबुराम भट्टराई र पत्रकारबीच ट्विटरमा हंगामा
बाबुराम भट्टराई र पत्रकारबीच ट्विटरमा हंगामा
आज हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदै,
आज हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदै,
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
मिलेमतो मै टेण्डर आव्हान गरिन्छ ।
मिलेमतो मै टेण्डर आव्हान गरिन्छ ।
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !