अफगानिस्तानमा ११ नेपाली घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अफगानिस्तानमा ११ नेपाली घाइते

सारांश

  • अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको पुष्टि भएको छ ।
  • उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गराएको जनाएको छ ।
  • अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार उक्त घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो ।

अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको पुष्टि भएको छ । उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गराएको जनाएको छ । अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार उक्त घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो । आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको जानकारी दिएको छ । जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ । अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुई पक्षबीच निकै धेरै गोली हानाहान भएको थियो।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?