कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
१
|
५४ पटक हेरिएको
Shares
कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति

सारांश

  • सुर्खेत, १९ वैशाख, कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ ।
  • असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ ।
  • मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।

सुर्खेत, १९ वैशाख, कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ ।

असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ ।

मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।

यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलको आयोजना गर्नुभएको हो ।

छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।

छलफल कार्यक्रममा मन्त्री केसीले असिनापानीबाट पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्थाका लागि पहल कर्णाली प्रदेश सरकारले गर्ने बताउनुभयो । “क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, के कति क्षति भयो अझै यकिन नभए पनि सयौँ हेक्टरमा लगाइएको जौ, गहुँबालीका साथै तरकारी खेती र फलफूल खेतीमा लाखाँैको नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ” उहाँले भन्नुभयो ।

असिनाले क्षति गर्दा किसान चिन्तित

जाजरकोट, डोल्पा र रुकुममा असिनाले लाखाँैको क्षति गरिदिएपछि किसान चिन्तित भएका छन् । दुई दिनसम्म परेको असिनाले अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा पनि ठूलो क्षति पु¥याएको जाजरकोटका प्रदेश सांसद कृष्णा शाहले बताउनुभयो ।

किसानले लगाएको पाक्न लागेको गहुँ असिनाले झारिदिएपछि बारीमा नल ( डाँठ) मात्र देखिन्छ । बाली सप्रेको बेलासमेत खाद्यान्न अभाव हुने ग्रामीण बस्तीमा यसपालि परेको असिनापानीले ठूलो क्षति पु¥याएको डोल्पाका प्रदेश सांसद वीरबहादुर शाहीले बताउनुभयो । किसानको क्षतिको परिपूर्ति गर्न प्रदेश र संघीय सरकारलाई उहाँले राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी
विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,
चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास
सवारी कर्जा सस्तो भएसँगै बढ्यो गाडीको जाँचपास
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार
११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार