कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली

सारांश

  • भद्रपुर, १४ मंसिर , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताउनुभएको छ ।
  • नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
  • पूर्वप्रधानमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको प्रष्ट पार्नुभयो ।

भद्रपुर, १४ मंसिर , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताउनुभएको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको प्रष्ट पार्नुभयो ।

मुलुकलाई समृद्धिको बाटोमा लैजान उपलब्ध प्राकृतिक सम्पदाको उच्चतम प्रयोग गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, मुलुकलाई औद्योगिकीकरण गर्ने र सूचना प्रविधिलाई विकास एवं विस्तार गर्ने हाम्रो राष्ट्रिय एजेण्डा भएको बताउँदै नेता ओलीले विविधता र अनेकतामा रहेको हाम्रो मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।

उहाँले वाम गठबन्धनका तर्फबाट झापा प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमान्दारीपूर्वक मत हाल्न गठबन्धनमा आबद्ध सबैलाई आग्रह गर्नुभयो ।

सो अवसरमा नेकपा माओवादी केन्द्र स्थायी कमिटीका सदस्य एवं झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले आसन्न निर्वाचनले जनताको भविष्य निर्धारण गर्ने भएकाले जनताको काम गर्ने पार्टीका उम्मेदवारलाई आम नागरिकले जिताउनुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङ्देनले विगतमा नभएका विकास आफूले पाँच वर्षमै गरेर देखाउने र नसके फेरि पनि जनताको अगाडि मत माग्न नआउने बताउनुभयो ।

सभामा झापा निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (क) का वसन्त बानियाँ र (ख) का पूर्णसिंह राजवंशीले असल समाज निर्माण गर्न र विकासको गतिलाई तीव्र पार्न वाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न आम जनतालाई आग्रह गर्नुभयो ।

आयोजक समितिका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसांसद हरि राजवंशी, मोहन टुडु र राप्रपाका नवराज पनेरुले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
सुनको मूल्यमा गिरावट, तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार
सुनको मूल्यमा गिरावट, तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार
प्रदेश प्रहरी आफ्नै मातहत बनाउन संघीय प्रहरीको माग
प्रदेश प्रहरी आफ्नै मातहत बनाउन संघीय प्रहरीको माग
सभामुख महरा ल्हासा प्रस्थान
सभामुख महरा ल्हासा प्रस्थान
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
हत्या आरोपी समात्न गोली प्रहार
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र