अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, २८ चैत ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यवसाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताएका छन् ।
  • नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यवसाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप, प्रविधि भित्राएर होइन कि बिल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भने, “यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धितर्फ केन्द्रित गर्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यवसायीहरुलाई आग्रह गरे । “अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रक्सौलबाट आउँदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिति हुनुहुँदैन”, प्रधानमन्त्री ओलीले भने, “काठमाडौंबाट फर्कदा पनि रेल भर्नका निर्यातजन्य उत्पादनमा लाग्नुहोस ।”

प्रधानमन्त्री ओलीले आगामी दुई बर्षभित्र उद्योगलाई चाहिने जति विद्युत दिन सरकार सक्षम हुने बताए । “अब बिजुली हुँदैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउनुहोस्” प्रधानमन्त्री ओलीले भने, “आगामी दुई बर्षभित्र उद्योगलाई चाहिनेजति बिजुली उपलब्ध गराउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । निजी क्षेत्रका समस्याहरुलाई सुचिकृत गरेर सरकारलाई पेश गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुका जायज समस्या समाधान गर्न सरकार सदैव तयार छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?