चीनसँग ऐतिहासिक सम्झौतासँगै पारवहन मार्गमा भारतसँगको निर्भरता समाप्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
४८ पटक हेरिएको
Shares
चीनसँग ऐतिहासिक सम्झौतासँगै पारवहन मार्गमा भारतसँगको निर्भरता समाप्त

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।
  • पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो ।
  • त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।

पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गर्नुभयो ।
त्यस्तै चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गर्नुभयो ।
आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गर्नुभयो ।
भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गर्नुभयो । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गर्नुभयो ।

सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गर्नुभयो । उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !
गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !
संविधान संशोधन विधेयकमाथिको छलफल जारी
संविधान संशोधन विधेयकमाथिको छलफल जारी
प्रचण्डमाथि अभद्र व्यवहार नभएको सचिवालयको भनाई
प्रचण्डमाथि अभद्र व्यवहार नभएको सचिवालयको भनाई
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु