हटेन ढिके नुनको प्रयोग गर्ने बानी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
२० पटक हेरिएको
Shares
हटेन ढिके नुनको प्रयोग गर्ने बानी

सारांश

  • रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ ।
  • बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ ।
  • साल्ट ट्रेडिङ कर्पाेरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।

रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट ट्रेडिङ कर्पाेरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।
सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ ।
सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताउनुभयो । बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उहाँले जानकारी दिनुभयो । ढिके नुनको प्रतिकिलो २० रुपैँया र आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ ।
‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताउनुभयो । सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?