अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा

सारांश

  • वागा, भारत, १७ फागुन ।
  • पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् ।
  • इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन् ।

वागा, भारत, १७ फागुन । पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् ।

इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गर्नुभएको थियो ।

पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो । तर प्यारासुटको मद्दतबाट अभिनन्दन सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो ।

अभिनन्दनको स्वागतका लागि वागामा भेला भएका भारतीयहरुले बिहानैदेखि राष्ट्रभक्तिका गीत सहित नाचगान गर्नुका साथै भारतको झण्डा फहराइरहेका छन् ।

अभिनन्दनको स्वागतका लागि उनका बाबुआमा पनि वागामा पुग्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?