अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
४० पटक हेरिएको
Shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

काठमाडौँ । प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विद्येयक प्रस्तुत गरेकी थिइन् । प्रस्तावमाथि सांसदले उठाएका विषयमाथि धारणा राख्दै उनले भ्रष्टाचारका स्वरुप परिर्वतन भएकाले प्रभावकारी नियन्त्रणका लागि ऐन संशोधनको आवश्यकता परेको बताइन् । उनले आयोगमा हुने नियुक्ति संविधानको व्यवस्थाबमोजिम मात्र हुने उल्लेख गर्दै संशोधनमा छुटेका विषय दफाबार छलफलका क्रममा विस्तृत छलफल गरी समेटिने विश्वास व्यक्त गरिन् ।

“संविधानमा व्यवस्था भएअनुसार कानुन निर्माण गर्नेछौँ”, मन्त्री शर्माले भनिन्,“संविधानको दायर र सिमाभित्र रहेर विधेयकलाई समृद्ध बनाउने विषयमा हामीले सोचिरहेका छौँ ।” विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा सांसद डा अमरेशकुमार सिंहले भ्रष्टाचारका घटना अख्तियारको आँखामा पर्न नसकेको बताइन् । भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियार निर्मम हुनुपर्ने उनको भनाइ थियो ।

पहिले सिंहदरबारमा हुने गरेको भ्रष्टाचार अहिले गाउँगाउँका सिंहदरबारमा फैलिएको सांसद सिंहको भनाइ थियो । सांसद माधव सापकोटाले कानूनी अभ्यास नगर्ने, पारदर्शी र जवाफदेही प्रणाली विकास नगरिएकाले नेपालमा भ्रष्टाचार बढेको बताए । लाभको पदमा बसेकालाई अख्तियारमा लैजाने व्यवस्था गर्नु नहुने उनको भनाइ थियो ।

सांसद सुमना श्रेष्ठले नीतिगत भ्रष्टाचारको परिभाषा स्पष्ट नभएको उल्लेख गर्दै विभाग र कार्यालयले गर्ने निर्णय पनि नीतिगत बनाउन मन्त्रिपरिषद्मा लैजाने गरिएको बताइन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सर्वोच्च र अख्तियारले पनि नहेर्ने गरेकाले भ्रष्टाचार संस्थागत बनेको उनको विचार थियो ।

सांसद रञ्जुकुमारी झाले सुरक्षण मुद्रण प्रेस खरिदमा अनियमितता गर्ने कार्यालय प्रमुखका पछाडि रहेकालाई पनि कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने माग गरे । सांसदले निगरानी गरे भ्रष्टाचार न्यूनीकरण हुने उनको भनाइ थियो ।

सांसद महेशकुमार बर्तौलाले अख्तियारको प्रभावकारिता माथि समीक्षा गर्नुपर्ने बताए । निजामती कर्मचारीलाई लगेर अख्तियार दुरुपयोग रोक्न नसकिने उनको भनाइ थियो । अख्तियारको दुरुपयोग रोक्न लोक सेवा आयोगबाट नै छुट्टै कर्मचारी भर्ना गरेर निजामतीलाई सहयोगीका रुपमा मात्र राखिनुपर्ने भनाइ सांसद बर्तौलाको थियो ।

सांसद राजेन्द्र पाण्डेले ३२ वर्षअघि पञ्चायतकालमा अख्तियारलाई निवारणकै नाममा स्थापित गरिएको उल्लेख गर्दै अहिले अनुसन्धानको काम दिइएको बताए । गलत हुँदैन भन्ने सावित हुने स्वच्छ छविका कर्मचारी अख्तियारमा लैजाने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । अख्तियार नै रिस उठेका मानिसलाई दुःख दिने अस्त्रका रुपमा पनि विगतमा प्रयोग गरिएकाले समस्या आएको सांसद पाण्डेले सुनाए ।

सांसद रघुजी पन्तले कानूनले मात्र भ्रष्टाचार नरोकिने उल्लेख गर्नुहुँदै राजनीतिक नेतृत्वमा त्यो इच्छाशक्ति हुनुपर्ने बताए । राष्ट्रियसभाबाट पनि विधेयकमा मननीय सुझाव आएको उनको भनाइ थियो । भ्रष्टाचारको स्वरुप फेरिएकाले विधेयक सामयिक रहेको उनले सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
Latina Dating Website & Latina Singles
सुरु भयो कुम्भ मेला : १२ करोड मानिस कुम्भमा जाने अनुमान
सुरु भयो कुम्भ मेला : १२ करोड मानिस कुम्भमा जाने अनुमान
सुनचाँदी व्यवसायीद्वारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
सुनचाँदी व्यवसायीद्वारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति