पत्रकार वीरेन्द्र साह हत्याका ‘मास्टर माइन्ड’पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २५, २०७६
|
|
३६ पटक हेरिएको
Shares
पत्रकार वीरेन्द्र साह हत्याका ‘मास्टर माइन्ड’पक्राउ

सारांश

  • बारा, फागुन २५ ।
  • बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कु्न्दन फौजदार पक्राउ परेका छन् १२ वर्षदेखि फरार सूचिमा रहेका फौजदारलाई गएराति २ बजे बारागाढी गाउँपालिकास्थित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
  • बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले निरन्तरको प्रयासपछि फौजदारलाई पक्राउ गर्न सफल भएको बताए ।

बारा, फागुन २५ । बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कु्न्दन फौजदार पक्राउ परेका छन्

१२ वर्षदेखि फरार सूचिमा रहेका फौजदारलाई गएराति २ बजे बारागाढी गाउँपालिकास्थित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले निरन्तरको प्रयासपछि फौजदारलाई पक्राउ गर्न सफल भएको बताए ।

हको हत्यापछि फौजदार भागेका थिए । पगेनीका अनुसार प्रहरीको चौथों प्रयासमा फौजदार पक्राउ परेका हुन् । साहको हत्यामा ५ जना संलग्न भएको र मुख्य योजनाकार फौजदार रहेको पगेनीले बताए । फौजदार अदालतमा हाजीर नभएकाले उनको मुद्दा मुल्तवीमा थियो ।

पत्रकार साहलाई २०६४ साल असोज १८ गते बाराको पिपरा बजारबाट अपहरणपछि हत्या गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?