दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
सारांश
- भारतले बाँके जिल्लासँग सीमा जोडिएको दशगजा क्षेत्रमा एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।
- १० गजाभन्दा १० मिटर भारततर्फको भूमिमा बाँधका रुपमा निर्माण गरिएको सडकले हिरमिनिया, भवनीयापुर, उदयपुर, पिप्रहवा लगायतका गाउँ वर्षातसँगै डुवानमा पर्ने देखिन्छ ।
- भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले आफ्नो कार्य क्षेत्र भन्दै एकतर्फीरुपमा धमाधम कालोपत्रे गर्दै छन् भने यता सीमा क्षेत्रका बासिन्दा सडकका कारण बर्षादमा जमिन र घर डुबानमा पर्ने भयले चिन्तित छन् ।
भारतले बाँके जिल्लासँग सीमा जोडिएको दशगजा क्षेत्रमा एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । १० गजाभन्दा १० मिटर भारततर्फको भूमिमा बाँधका रुपमा निर्माण गरिएको सडकले हिरमिनिया, भवनीयापुर, उदयपुर, पिप्रहवा लगायतका गाउँ वर्षातसँगै डुवानमा पर्ने देखिन्छ ।
भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले आफ्नो कार्य क्षेत्र भन्दै एकतर्फीरुपमा धमाधम कालोपत्रे गर्दै छन् भने यता सीमा क्षेत्रका बासिन्दा सडकका कारण बर्षादमा जमिन र घर डुबानमा पर्ने भयले चिन्तित छन् । स्थानीय निर्माण रोक्नका लागि कुटनीतिक पहल गरिदिन बारम्बर आग्रह गरेपनि निर्माण रोक्ने बारे नेपाली पक्षले कुनै कुटनीतिक पहल गर्न सकेको छैन ।
पहिलेदेखि नै भारतले निर्माण गरेको लक्ष्मणपुर व्यारेज, कलकलवा बाँधका कारण बाँके जिल्लास्थित राप्ती आसपासमा अवस्थित होलिया, फत्तेपुर, गंगापुर बेतहनीलगायतका ठाउँ बर्षेनी डुबानमा पर्दा ठूलो क्षति हुँदै आएको छ । पछिल्लो समय पाँच मिटर अग्लो सडक बाँधकै रुपमा निर्माण गरिदा सीमा क्षेत्रका बासिन्दा थप जोखिममा पर्ने भएका छन् । भारतको एकतर्फी रुपमा भैरहेको काम रोक्ने बारे प्रशासन र नेपाली पक्षले भने कुनै चासो देखाएको छैन ।
प्रतिक्रिया