अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
१६ पटक हेरिएको
Shares
अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण

सारांश

  • प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो ।
  • प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ । यसअघि नेपाल बार एसोसिएशनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले ‘नोटिस’ गरिरहेको जनाएको छ ।

पत्रकार तथा सञ्चारमाध्यमले सूचना सङ्कलन, सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्न विषय स्मरण गराउँदै काउन्सिलले भनेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायु सेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलपूर्वक निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितकाे प्रत्यक्ष प्रसारण के–कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक/पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै
अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
अमेरिका र चीनको व्यापार वार्ता सकारात्मक
अमेरिका र चीनको व्यापार वार्ता सकारात्मक
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ:- बिनोद चौधरी
समृद्धिका लागि काँग्रेसको सरकार चाहिन्छ:- बिनोद चौधरी
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
पेरुमाथि कोलम्बियाको फराकिलो जित
पेरुमाथि कोलम्बियाको फराकिलो जित
नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै
नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

तपाईंले छुटाउनुभयो कि?