टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न भएको छ ।
  • परिर्वतनको लागि युवा भन्ने नाराका साथ स्थापना भएको नेपोमा आवद्ध युवाहरु भेलामा सहभागि भएका थिए ।
  • सामाज परिर्वतनमा युवाहरुको भूमिका लाई स्थापित गर्ने उदेश्य सहित संस्था स्थापना गरिएको नेपोका अध्यक्ष निगम पौडेलले बताए ।

टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न भएको छ । परिर्वतनको लागि युवा भन्ने नाराका साथ स्थापना भएको नेपोमा आवद्ध युवाहरु भेलामा सहभागि भएका थिए । सामाज परिर्वतनमा युवाहरुको भूमिका लाई स्थापित गर्ने उदेश्य सहित संस्था स्थापना गरिएको नेपोका अध्यक्ष निगम पौडेलले बताए ।
नेपाल परिवार नियोजना संघ बुटवलमा भएको भेलामा नेपोका ५ शाखाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा युवाहरु कसरी नेतृत्व लिन सक्छन भन्ने बिषयमा छलफल भएको थियो । सहभागिले एकआपसमा अनुव साटासाट गदै नेतृत्व र ब्यक्तीत्व बिकाशका बारेमा अनुभव आदान प्रदान गरे ।
कार्यक्रममा बुटवल एफएमका कार्यक्रम संयोजक रमेश अर्यालले नेतृत्व बिकाश बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार नियोजन संघ बुटवल शाखाका सभापति दिनेश कुमार जोशी श्रेष्ठले युवामा सकारात्मक सोचको बिकाश हुनुपर्ने बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ पूर्व युवा संयोजक आविश्कार खनाल, नेपो रिजनल कोअर्डिनेटर मनिसा खनालले भनाई राखेका थिए । दाङ, कास्की, रुपन्देही र काठमाण्डौ शाखा बाट नेपोका सदस्यहरु कार्यक्रममा सहभागि भएका थिए ।

(bdconstruction.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?