अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
५१ पटक हेरिएको
Shares
अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था

सारांश

  • एजेन्सी, ७ साउन ।
  • बलिउड महानायक अमिताभ बच्चनको परिवार केहि दिनदेखि कोविड–१९को चपेटामा परेको छ ।
  • हाल छोरा अभिषेक बुहारी ऐश्वर्या राय र नातिनी आराध्यामा पनि पोजेटिभ देखिएकाले सबैजना सुरक्षित क्वारेन्टाइनमा बसीरहेका छन् ।

एजेन्सी, ७ साउन । बलिउड महानायक अमिताभ बच्चनको परिवार केहि दिनदेखि कोविड–१९को चपेटामा परेको छ । हाल छोरा अभिषेक बुहारी ऐश्वर्या राय र नातिनी आराध्यामा पनि पोजेटिभ देखिएकाले सबैजना सुरक्षित क्वारेन्टाइनमा बसीरहेका छन् ।

अमिताभ र उनको परिवार मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । उनीहरुको असहज परिस्थिती भइरहेका समयमा खुशीको आँसु झरेको छ । अमिताभले हाल अस्पतालमा बस्दै गर्दा जीवनमा एक खास र खुशीको समय पनि बिताउन पाएको बताएका छन् । जसको कारण हुन् अमिताभको बुबा डा. हरिवंश राय बच्चन । उनले ट्वीटरमा भावनात्मक शब्द लेखेर भिडियोको साथमा खुशीको पल भन्दै सेयर गरेका छन् ।

पोल्यान्डको सिटी वोकलाले साहित्य क्षेत्रमा भएका मानिसलाई युनेस्को शहरमा सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा अमिताभका बुबा लेखक हरिवंश राय बच्चनले पनि एउटा चर्चित कविता ‘मधुशाला’ पढेर सुनाएका थिए । आफ्नो बाबुको भिडियो सेयर गर्दै आँखाबाट आँसु आएको अमिताभले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?