लोकमानमाथिको आरोप पुष्टि गर्दै संसदीय समिति

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १७, २०७३
|
|
१९३ पटक हेरिएको
Shares
लोकमानमाथिको आरोप पुष्टि गर्दै संसदीय समिति

सारांश

  • सर्वोच्च अदालतबाट अयोग्य घोषित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीविरुद्धका अधिकांश आरोप संसदीय अनुसन्धानबाट पुष्टि भएका छन्।
  • संसदको महाभियोग प्रस्ताव समितिअन्तर्गतको उपसमितिले मस्यौदा गरिरहेको प्रतिवेदन समिति हुँदै सदनले पारित गरेपछि अख्तियारसहितका सरोकारवाला निकायले कार्कीमाथि थप अनुसन्धान र कारवाही थाल्न सक्नेछन्।
  • यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सर्वोच्च अदालतबाट अयोग्य घोषित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीविरुद्धका अधिकांश आरोप संसदीय अनुसन्धानबाट पुष्टि भएका छन्। संसदको महाभियोग प्रस्ताव समितिअन्तर्गतको उपसमितिले मस्यौदा गरिरहेको प्रतिवेदन समिति हुँदै सदनले पारित गरेपछि अख्तियारसहितका सरोकारवाला निकायले कार्कीमाथि थप अनुसन्धान र कारवाही थाल्न सक्नेछन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

उपसमितिले गरेको अनुसन्धानमा कार्कीले संवैधानिक पद दुरुपयोग गरेको, राज्यका अतिविशिष्ट र विशिष्ट पदाधिकारी, राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र प्रशासक विरुद्ध गैरकानुनी जासुसी गरेको, विश्वविद्यालयलगायत स्वायत्त निकायहरुमा अनधिकृत हस्तक्षप गरेका आरोप पुष्टि भएका हुन्। कार्कीलाई ती गम्भिर प्रकृतिका अपराधमा प्रचलित कानुनअनुसारको कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउने प्रस्तावसहितको प्रतिवेदन तयार गरी उपसमितिले विहिबारसम्ममा समितिमा पेस गर्ने गृहकार्य गरेको छ।

एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले गत कात्तिक ९मो संसदमा पेस गरेको महाभियोग प्रस्तमा तत्कालिन अख्तियार प्रमुख कार्कीले संविधान र कानुन उल्लंघन गरेको, राज्य संयन्त्रविरुद्ध जासुसी गरेको, पदिय मर्यादा र आचरण विपरित कार्य गरेको, पदको दुरुपयोग गरी राज्य आतंक सिर्जना गरेको, समानान्तर सत्ता सञ्चालन गरेको, सरकारी निकायहरुको मानमर्दन गरेका, संसदको विशेषाधिकार हनन र अदालतको अवहेलना गरेकोजस्ता गम्भिर आरोप लागेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?