काठमाडौंमा एकैदिन थपिए ८०९ जना कोरोना संक्रमित
सारांश
- काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
- देशभर १५ सय ७३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ९ जना थपिएसँगै जोखिम बढेको छ ।
- स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.
काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५ सय ७३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा ८८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५३ हजार ८ सय ९८ रहेको छ । काठमाडौं उपत्यकामा ८०९ थपिएका मध्ये काठमाडौंका ६३३ जना र ललितपुरका १०४ जना र भक्तपुरका ७२ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया