झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)

सारांश

  • काठमाडौं, माघ ५ ।
  • छोटो समयमा चर्चामा आएका सुमन ज्योती न्यौपाने ‘ल्याङग्री दादा’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
  • ‘थम चेक गरौं सोल्टी’ बोलको गीत सार्वजनिक भएको हो ।

काठमाडौं, माघ ५ । छोटो समयमा चर्चामा आएका सुमन ज्योती न्यौपाने ‘ल्याङग्री दादा’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘थम चेक गरौं सोल्टी’ बोलको गीत सार्वजनिक भएको हो ।

मेरी बास्सैमा छोटो समय अभिनय गरेर चर्चामा आएका न्यौपाने ‘ल्याङग्री दादा’ ले आफ्नै क्यारेक्टरलाई कथामा उतारेर भिडियो तयार पारेका हुन् । न्यौपानेले युरोपलगायत विभिन्न देशहरुको भ्रमण समेत गरिसकेका छन् ।

प्रकाश तिमल्सिनाले स्वर दिएका गीतको शब्द पनि तिमल्सिनाकै रहेको छ । त्यस्तै गीतमा सुमन ज्योती न्यौपाने र अनिता दंगालले अभिनय गरेका छन् भने सुरेश थापा ‘दर्शने’ ले निर्देशन गरेका हुन् ।

गीतमा क्यामेराको भूमिका बुद्ध थापाले निभाएका छन् भने सम्पादन सुरेश राउतले गरेका छन् । भिडियो म्यूजिक नेपालले बजारमा ल्याएको हो ।

https://www.youtube.com/watch?v=PGBEJyJoEDs

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?