अध्यक्ष दाहालको क्षेत्रमा आठ स्वतन्त्रसहित अठार उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
अध्यक्ष दाहालको क्षेत्रमा आठ स्वतन्त्रसहित अठार उम्मेदवार

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
  • दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
  • कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षणमन्त्रीसमेत रहनुभएको छ । उहाँ दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहनुभएका टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सोही क्षेत्रमा स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।

सो क्षेत्रको प्रदेशतर्फ ‘क’ र ‘ख’ मा आठ÷आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीनजना स्वतन्त्र उम्मेदवार हुन् ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले उम्मेदवारी दिनुभएको छ ।

सोही क्षेत्रको प्रदेश ‘क’मा नौ दलका उम्मेदवार र ‘ख’मा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । जिल्लाको क्षेत्र नं १ मा १५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ जसमा स्वतन्त्र चार र ११ दलका उम्मेदवार हुनुहुन्छ ।

सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सोही क्षेत्रको प्रदेश ‘क’ मा १० दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने ‘ख’ मा पनि १० दलका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज
बन्द भएका ग्रामीण सडक सञ्चालनमा
बन्द भएका ग्रामीण सडक सञ्चालनमा
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्धः चार किलोमा पहिरो खस्यो
नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्धः चार किलोमा पहिरो खस्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !