सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने

सारांश

  • बजाज अटोकम्पनीले आफ्नो सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च गरेको छ।
  • करिब ५ लाख २७ हजार रुपैयाँ तोकिएको यो कार हाल इन्डोेनेसियाको बजारमा लन्च गरिएको हो।
  • क्युटको लम्बाइ २७५२, चौडाइ १३१२, उचाइ १६५२, र ह्वीलबेस १९२४ मिलिमिटर छ।

बजाज अटोकम्पनीले आफ्नो सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च गरेको छ। करिब ५ लाख २७ हजार रुपैयाँ तोकिएको यो कार हाल इन्डोेनेसियाको बजारमा लन्च गरिएको हो।

क्युटको लम्बाइ २७५२, चौडाइ १३१२, उचाइ १६५२, र ह्वीलबेस १९२४ मिलिमिटर छ। क्युटको नाम पहिले आरइ ६० राखिएको थियो।

यसमा ०.२ लिटरको वाटरकूल्ड, डिजीटल ट्राइस्पार्क फोर भल्भ इन्जिन छ।अधिक शक्ति १३.२ पीएस र टर्क १९.६ एनएम उत्सर्जन गर्ने यो सानो कारको इन्जिनमा ५ स्पीडको गियरबक्स छ। क्लच नथिचि पनि यो कारको गियर परिवर्तन गर्न सकिनेछ। कम्पनीको दावी अनुसार क्युट १ लिटर इन्धनमा ३६ किलोमिटरसम्म चल्छ।

६ वटा रंगमा उपलब्ध गराइएको क्युट भारतमा बनेको पहिलो क्वाड्रिसाइकल कार हो। यो यूरोपियन क्वाड्रिसाइकलको मापदण्डमा आधारित भएको कम्पनीले दावी गरेको छ।

यो कारको मूल्य कम पर्नुमा यसमा कम फिचर हुनु हो। यसमा एसी, पावर स्टेरिङ, पावर वीन्डो, विद्युथतीय मिरर र अडियो सिस्टम जस्ता आधारभूत फिचर पनि उपलब्ध छैन। बजाज क्युट कम मूल्यमा कम फिचरका साथ उपलब्ध गराइएको कम्पनीले बताउँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?