युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

सारांश

  • किभ, १२ चैत ।
  • युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
  • यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

किभ, १२ चैत । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष युक्रेनभरी ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए ।

यद्यपी सन् २०१७ मा ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या भीषण रुपमा बढेको युनिसेभले जानकारी दिएको छ ।

सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस रोगबाट बचाउ गर्ने उपाय कम मात्र अपनाइएको हुनाले रोग फैलिदै गएको स्वास्थ्य अधिकारीहरुको दाबी रहेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
गण्डकी प्रदेशको बजेट विकासको खाका कोर्ने र जनमुखी छः सांसद पहारी
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
मोदी मन्त्रीमण्डलमा एस. जयशंकर बने विदेशमन्त्री, अमित शाह र राजनाथ सिंहलाई गृह र रक्षाको जिम्मेवारी
मोदी मन्त्रीमण्डलमा एस. जयशंकर बने विदेशमन्त्री, अमित शाह र राजनाथ सिंहलाई गृह र रक्षाको जिम्मेवारी
युकेमा सफल “भावेश भुमरी सिर्जना साँझ”
युकेमा सफल “भावेश भुमरी सिर्जना साँझ”
१३३ स्थानीय तहको नतिजा, कहाँ कसले जिते ?
१३३ स्थानीय तहको नतिजा, कहाँ कसले जिते ?
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राजविराजमा कार्यकर्ताद्वारा सांसदमाथि हातपात
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?
सानालाइ ऐन ठुलालाइ चैन भने जस्तै किन उन्मुक्ति पाउछन पैसावाला र पहुचवालाहरुले ?

तपाईंले छुटाउनुभयो कि?