सुन प्रकरण: गाेरेका भाइ पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै,३१ असार ।
  • तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्त रमेश उप्रेती दुबईमा पक्राउ परेका छन्।
  • सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाई रमेशको दुबईबाट सुन पठाउन मुख्य भुमिका रहेको आरोपसहित उनलाई पनि प्रतिवादी बनाइएको थियो।

काठमाडाै,३१ असार । तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्त रमेश उप्रेती दुबईमा पक्राउ परेका छन्। सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाई रमेशको दुबईबाट सुन पठाउन मुख्य भुमिका रहेको आरोपसहित उनलाई पनि प्रतिवादी बनाइएको थियो।

इन्टरपोलको रेड नोटिसमा रहेका रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको हो। उनलाई नेपाल ल्याउन पहल भइरहेको गृहका उच्च अधिकारीले बताए। इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो काठमाडौं मार्फत इन्टरपोल मुख्यालयले रमेशसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध जुन १८ मा रेड नोटिस जारी गरेको थियो।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको सरकारी टोलीका संयोजक ईश्वरराज पौडेलले पक्राउको पुष्टि गरेका छन्। उनले रमेश दुबईमा पक्राउ परेको र नेपाल ल्याउन कुटनीतिक पहल भइरहेको  बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?