दिपक मनांगेले सपथ ग्रहण गर्न नपाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
दिपक मनांगेले सपथ ग्रहण गर्न नपाउने

सारांश

  • पोखरा ।
  • गण्डगी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विभिन्न व्यक्ति तथा दलसँग छलफल गरेर राजीव गुरुङ ऊर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ दिन नहुने निर्णयमा पुगेका छन् ।
  • सोमबार शुरु हुने प्रदेशसभाको बैठकका लागि आइतबार बसेको कार्य व्यवस्था समितिमा पनि मनांगेको विषयमा छलफल भएको थियो ।

पोखरा । गण्डगी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विभिन्न व्यक्ति तथा दलसँग छलफल गरेर राजीव गुरुङ ऊर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ दिन नहुने निर्णयमा पुगेका छन् ।

सोमबार शुरु हुने प्रदेशसभाको बैठकका लागि आइतबार बसेको कार्य व्यवस्था समितिमा पनि मनांगेको विषयमा छलफल भएको थियो । छलफलपछि सभामुख अधिकारीले उनलाई सपथ ग्रहण नगराउने निणर्य लिएका हुन् ।

सभामुखको यस्तो निर्णयपछि सपथ ग्रहण गर्ने मनांगेको आशामाथि हाललाई विराम लागेको छ ।
मनांगे मनांगबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा निर्वाचित भएका थिए । उनलाई तत्कालिन एमालेको साथ रहेको थियो ।

प्रतिनिधिसभामा रेशमलाल चौधरीले जेलबाट निस्केर सपथ ग्रहरण गरेपछि मनांगेलाई पनि सपथ ग्रहरण गराइने अनुमान गरिएको थियो । तर प्रदेशसभाका सभामुखले सपथ नगराउने भएपछि उनी सोमबार शुरु हुने प्रदेश सभाको बैठकमा जान नपाउने भएका छन् ।

मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।

सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँथ छलफल तथा राय मागेका थिए । मनाङेले १२ गते एक व्यक्तिमार्फत प्रदेशसभामा सपथको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउनेअनुमान धेरैको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई सपथ नगराउने निश्कर्ष निकालेका हुन् ।

मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए ।

राजीव गुरुङ सपथको माग गर्दै सर्वोच्च जान सक्ने छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा विभिन्न दलका नेताहरुले आफ्नो धारणा राख्ने छन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?