अमेरिकामा आधा मानिसको जागिर धरापमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
अमेरिकामा आधा मानिसको जागिर धरापमा

सारांश

  • एजेन्सी, ४ चैत्र ।
  • कोरोना भाइरसको संक्रमणले अमेरिकामा कुल जागरेमध्ये आधाको रोजगार नै धरापमा परेको छ ।
  • अमेरिकामा कुल १५ करोड ३० लाख जनाका लागि जागिर सुरक्षित रहँदै आएकोमा आठ करोड जागिर धरापमा परेको हो ।

एजेन्सी, ४ चैत्र । कोरोना भाइरसको संक्रमणले अमेरिकामा कुल जागरेमध्ये आधाको रोजगार नै धरापमा परेको छ । अमेरिकामा कुल १५ करोड ३० लाख जनाका लागि जागिर सुरक्षित रहँदै आएकोमा आठ करोड जागिर धरापमा परेको हो ।

मडिज एनालिटिक्सको विश्लेषणमा आठ करोड जागिर धरापमा परेको तथ्यांक सार्वजनिक भएको हो । सबैले जागिर गुमाउने नभई त्यसमा विभिन्न किसिमका प्रभाव देखिन लागेको हो । कतिपय विना तलब घर बस्नुपर्ने, तलब काटिनेलगायतका समस्या आउन लागेको हो । कम समय काम पाउने अवस्था समेत सृजना भएको हो ।

यातायात, यात्रा, पर्यटनलगायतका क्षेत्रमा संकट आएको छ । ती क्षेत्रका जागिरेलाई असर परेको छ । अन्य क्षेत्रका जागिरेलाई पनि असर परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?