सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
१३
|
२० पटक हेरिएको
Shares
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई

सारांश

  • काठमाडाै, ११ जेठ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सरकरले ल्यएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख भावी समृद्ध नेपालको मार्गचित्र भएको दावी गरेका छन्।
  • शुक्रबार संघीय संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद भट्टराईले नीति तथा कार्यक्रम निर्वाचनमा वाम गठबन्धनले जनतालाई देखाएका सपनालाई वास्तविकतामा बदल्ने बृहत् परियोजना भएको दावी गरे।

काठमाडाै, ११ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सरकरले ल्यएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख भावी समृद्ध नेपालको मार्गचित्र भएको दावी गरेका छन्।

शुक्रबार संघीय संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद भट्टराईले नीति तथा कार्यक्रम निर्वाचनमा वाम गठबन्धनले जनतालाई देखाएका सपनालाई वास्तविकतामा बदल्ने बृहत् परियोजना भएको दावी गरे।

उनले सरकारले ल्याएका चौडा सडक, अग्ला भवन, रेल, पानीजहाज, ठूला हवाई मैदान आदि यो नीति तथा कार्यक्रममा चर्चित प्रस्तावहरु सीमान्तकृत र श्रमजीवी वर्गको मुहारमा उज्यालो ल्याउन र समाजवादको स्पष्ट दिशा कोर्नका लागि भएको बताए।

नीति तथा कार्यक्रमको पक्षमा बोलेका सांसद भट्टराईले रचनात्मक भुमिका निर्वाह गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सुझाव दिए। उनले कांग्रेसले अहिले उठाएका प्रश्नहरु बासी र पुराना भएका कारण यस्ता प्रश्न उटाएर सरकारलाई अलमलमा नपार्न सुझाव दिए।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै सांसद भट्टराईले प्रतिपक्षी दलहरुले बासी प्रश्नको पुलिन्दा तेस्र्याएर सरकारलाई अल्छि बनाउन खोजेको टिप्पणी गरे। उनले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपालको खाका अगाडी सारेको दाबी पनि गरे।

विपक्षी सांसदहरुले सरकारको नीति तथा कार्यक्रमलाई ‘सपनाको पुलिन्दा’ भनेर टिप्पणी गरेको प्रति सांसद भट्टराईले प्रतिवाद गरे। उनले भने, ‘सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो, त्यसकारण सपना देखेको छ।’

त्यस अघि बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बिजय कुमारले सरकारको नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता आउन नसकेको आरोप लगाएका थिए। आमुल राजनीतिक परिवर्तन पछि बनेको सरकार र त्यसले लिएको नीति तथा कार्यक्रम राजनीतिक दृष्टिकोणबाट चुकेको उनको दाबी थियो।

नेता भट्टराईले वर्तमान सरकारले लोकतन्त्रलाई पद्धती मात्रै नभई संस्कृतिको रुपमा अवलम्बन गर्दै आएकोे स्पमरण गराउदै २०४८ सालको संसदमा जस्तो वर्तमान समयमा प्रतिपक्षले उपेक्षा र निषेधको अनुभव गर्नु नपर्ने स्पष्ट पारे।

उनले वर्तमान सरकारले नेपाली राष्ट्रवाद कुर्ची अनुसार बदलिँदैन, अवस्था र स्थिति अनुसार बदलिदैन भन्ने मानक स्थापना गर्ने दाबी गरे।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Prakash Bhattarai

    Sapana matrai dekhne ki aba biujhane pani?

    Comment Author

    Raju Lama

    jiudo hoki mareko ho kam garera dekhana pahila pagal kina khokira

    Comment Author

    Roshan Shahi

    Tehi vayar hola janata ko dadh sekeko

    Comment Author

    Khumkanta Aryal

    तर निन्द्रा मा देखिने भएको ले कमरेड हरु सधै निदाउनु त भयेन

    Comment Author

    Oli Liladhar

    good

    Comment Author

    उत्तम घिमिरे

    सिरक अाेडेर सपना देखिरहने , कमिसन गनिरहने जमात !

    Comment Author

    Belaka Nagarpalika Udayapur

    सपना भनेको त निदाको बेला देख्ने हो यो एमाले र हालको सरकार त हिड्दा हिडदै सपना देख्न थाले छ कि कम्युनिस्ट भर हो

    Comment Author

    Josef Grg

    जे हाेस याे सरकार अघिल्लाे सरकारले जस्ताे निदाएकाे जस्ताे बहाना चै गरेकाे छैन हाेला ।

      Comment Author

      उत्तम घिमिरे

      लफडाहरुका विच चुनाब र चुनावि अाचारसंहिता सिरक भित्रवाट देखिएन जस्ताे छ 😀

    Comment Author

    Bishnu Limbu

    दिउँसो देखेको सपनाको काम छैन समय मिल्नु पर्छ हजुर

    Comment Author

    Madan Gyanwali

    पुरा गर्न नसक्ने सपना देखिरहे पछि त मान्छे मनोरोगि पनि हुन्छन नि, बिग्यान ले भन्छ्।

    Comment Author

    Krishna Shrish

    Sapana ra gaff garerai desh chalchha

    Comment Author

    Mahendra Khanal

    गफमा सिमित होइन काम गरेर देखाउ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?