अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु

सारांश

  • सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ ।
  • बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका छन् ।
  • मानव तस्करहरुले नक्कली पारिवारिक युनिट खडा गरेर कागजपत्रविहिनहरुलाई अमेरिका छिराउने क्रम बढेपछि अमेरिकी सरकारले यो उपाय अपनाउन थालेको हो ।

सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ ।

बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका छन् ।

मानव तस्करहरुले नक्कली पारिवारिक युनिट खडा गरेर कागजपत्रविहिनहरुलाई अमेरिका छिराउने क्रम बढेपछि अमेरिकी सरकारले यो उपाय अपनाउन थालेको हो । अमेरिकी सरकारले बाबुआमा वा अन्य आफन्तसँग नाता प्रमाणित नभएको, बाबुआमासँग राख्दा बालबालिकाहरु जोखिममा पर्न सक्ने अवस्था रहेको वा बाबुआमालाई अपराधको अभियोग लागेको सन्दर्भमा सिमाक्षेत्रबाट अमेरिका छिर्ने बालबालिकाहरुलाई छुट्टै हिराशतमा राख्दै आएको छ ।

विगत दुई महिनाको अवधिमा यसरी २५ सय बालबालिकाहरुलाई अलग राखिएका रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । अफिस अफ रिफ्युजी रिसेटलमेन्टमा बाबुआमाबाट अलग राखिएका बालबालिकाहरु टेक्सासमा सबैभन्दा धेरै रहेको छन् । टेक्सासमा ९४४, एरिजोनामा ३७९, न्युयोर्कमा ३२७, फ्लोरिडामा १७९ , इलिनोयमा ६५ र अन्य राज्यमा त्यो भन्दा कम रहेको तथ्यांकले देखाएको छ।

परिवारलाई एकतृत गर्न राष्ट्रपति ट्रम्पले दिएको कार्यकारी आदेश र अदालती आदेशपछि ट्रम्प प्रशासनसमक्ष केही डेडलाइनहरु रहेका छन् । आगामी शुक्रबारसम्म सरकारी अधिकारीहरुले बिछोडिएका बालबालिकालाई बाबुआमासँग भेटाउन उपायको पहिचान गरिसक्नुपर्नेछ ।

अर्को मंगलबारसम्म ५ बर्ष मुनिका बालबालिकाहरुलाई बाबुआमासँग मिलाइसक्नुपर्नेछ । आगामी जुलाई २६ सम्म सबै बालबालिकाहरुलाई बाबुआमासँग मिलाउनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
जनयुद्धकालमा जनसरकारका प्रमुख यसरी बन्न थाले ५ नम्बर प्रदेशको सभामुख
जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला
जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने
गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने
र्‍यापर जेरी र अर्जुनको ‘जबदेखि तिमीलाई’ बजारमा (भिडियो सहित )
र्‍यापर जेरी र अर्जुनको ‘जबदेखि तिमीलाई’ बजारमा (भिडियो सहित )
मोरङका पत्रकार ४५ मिनेटसम्म धरधरी रोए
मोरङका पत्रकार ४५ मिनेटसम्म धरधरी रोए
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?

तपाईंले छुटाउनुभयो कि?