चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १७, २०७९
|
|
३४ पटक हेरिएको
Shares
चलचित्रकर्मीद्वारा आन्दोलनको चेतावनी

सारांश

  • काठमाडौँ १७ असोज ।
  • चलचित्रकर्मीले नेपाली चलचित्रलाई हलहरूले शो नदिएर चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्र भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
  • बाबरी चलचित्रका विषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरू भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

काठमाडौँ १७ असोज । चलचित्रकर्मीले नेपाली चलचित्रलाई हलहरूले शो नदिएर चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्र भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । बाबरी चलचित्रका विषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरू भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

उक्त चलचित्रका निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताए । निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताए ।

चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकामा आपत्ती जनाए । बाबरी चलचित्रकी नायिका अदिति बुढाथोकीले नेपाली चलचित्रहरूको विकास गर्ने परिवेश निर्माण भएमा मात्र नेपालको हित हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?