अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव

सारांश

  • अमेरिका ।
  •  नेपाल कम्युनिष्ट (ने क पा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने प्रसंगले राजनीतिमा छुट्टै तरंग अाएको छ ।
  • अमेरिकाको एक कार्यक्रममा नेता नेपालले ७० बर्षपछि सक्रिय राजनीतिबाट विश्राम दिने बताएका हुन् ।

अमेरिका । नेपाल कम्युनिष्ट (ने क पा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने प्रसंगले राजनीतिमा छुट्टै तरंग अाएको छ । अमेरिकाको एक कार्यक्रममा नेता नेपालले ७० बर्षपछि सक्रिय राजनीतिबाट विश्राम दिने बताएका हुन् ।

विकिपिडियामा उल्लेख भएअनुसार नेता नेपाल विक्रम संवत २००९ साल फागुन २६ गते रौतहट जिल्लाको गौरमा जन्मिएका हुन् । १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले के अब नेता नेपालले सक्रिय राजनीति चार बर्ष मात्रै गर्लान् ? उनले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । २०२८ सालमा सङ्गठन विस्तारका लागि काठमाडौं आएका नेता नेपाल सन् १९९३ देखि तत्कालिन नेकपा एमालेको महासचिव भए । त्यसोत स्वदेशमा मात्रै होइन् नेता नेपालले अाफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाईविरूद्द जाइलाग्न छाडेका छैनन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएकाले कम बोल्न र बढी सुन्न सुझाएका छन् । ‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘त्यसैले धेरै सुन्नू, थोरै बोल्नू ।’

सरकार सञ्चालनबारे पार्टीमा छलफल नगरिएकोप्रति पनि नेता नेपालले असन्तुष्टि जनाएका थिए । सरकार सञ्चालनबारे अनुभव भएका नेता भए पनि त्यो अनुभव ग्रहण गर्न प्रधानमन्त्री ओलीले ध्यान नदिएको नेता नेपालको भनाइ छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेता नेपालले सरकारको भने बचाउ गरे । सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए । ‘सरकारको समीक्षा गरिहाल्ने बेला भएको छैन’, नेता नेपालले अगाडि थपे, ‘मलाई विश्वास छ, केही समयपछि सरकारले देखिने रिजल्ट निकाल्ने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?