पारश गोकर्ण जाँदा ज्ञानेन्द्र दक्षिण यात्रामा !
सारांश
- काठमाडाै, ३० वैशाख ।
- पूर्वराजा ज्ञानेन्द्र अाइतवार (आज) केही हप्ताको बसाईंका लागि बाराको सिमरा प्रस्थान गर्ने भएका छन्।
- स्रोतका अनुसार, दिउसो ३ बजे उनी पत्नी कोमलसहित सिमरा लाग्नेछन्।
काठमाडाै, ३० वैशाख । पूर्वराजा ज्ञानेन्द्र अाइतवार (आज) केही हप्ताको बसाईंका लागि बाराको सिमरा प्रस्थान गर्ने भएका छन्।
स्रोतका अनुसार, दिउसो ३ बजे उनी पत्नी कोमलसहित सिमरा लाग्नेछन्।
करिब तीन हप्ताको सिमरा बसाईंको क्रममा उनले वरिपरिका जिल्लाको पनि भ्रमण गर्नेछन्।
अाइतवार नै (आज ) पूर्व युवराज पारश काठमाडौंको गोकर्णस्थित दुई मन्दिरमा पुजाआजाका लागि जाँदैछन्।
दिउसो १२ बजे गोकर्ण, उत्तरगयास्थित कान्ति भैरव र पञ्चमुखी हनुमान मन्दिरमा पुजाका लागि पारश जान लागेका हुन्।
पारशले केही समययता विभिन्न मठ मन्दिरमा पुजाआजालाई तीब्र बनाएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया