अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
१९ पटक हेरिएको
Shares
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

सारांश

  • काठमाडौं ।
  • संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर आज नेपाल भ्रमणमा आएकी छिन् ।
  • भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर आज नेपाल भ्रमणमा आएकी छिन् । भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उनले नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

यसैगरी उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?