सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सारांश
- गुल्मी ।
- नेपाली सेनाले निर्माण गरिरहेको कालिगण्डकी कोरिडोर अन्र्तगत रिडी रुद्राबेनी-पूर्तिघाट-बाग्लुङ्ग सडकको चौडा पार्ने कामको रिडीमा आरम्भ गर्दै मन्त्री ज्ञवालीले भने,’केही दिन अरिङगाल भुनभुनाउन थाल्लान ।
- जनतालाई हरेक क्षेत्रमा सुबिधा पाउने अधिकार छ हरेक क्षेत्रमा देखा परेका बेथिति अत्य गर्नेछौं ।
गुल्मी ।
नेपाली सेनाले निर्माण गरिरहेको कालिगण्डकी कोरिडोर अन्र्तगत रिडी रुद्राबेनी-पूर्तिघाट-बाग्लुङ्ग सडकको चौडा पार्ने कामको रिडीमा आरम्भ गर्दै मन्त्री ज्ञवालीले भने,’केही दिन अरिङगाल भुनभुनाउन थाल्लान । जनतालाई हरेक क्षेत्रमा सुबिधा पाउने अधिकार छ हरेक क्षेत्रमा देखा परेका बेथिति अत्य गर्नेछौं ।’
यातयात व्यवसायिकको सिन्डिकेटबिरुद्धको निर्णय बारे बोल्दै मन्त्री ज्ञवालीले सरकारले बिधिको शासनलाई कडाइको साथ कार्यान्वयन गर्न लागेको बताए ।
ज्ञवालीले अब देश नयाँ युगमा पसेको समेत बताए । जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएकाले देशमा छिटो आर्थिक बिकास खोजेको बताए ।
जनादेश अनुसार सरकारले समृद्ध नेपाल सुखी नेपाली नारा अगाडि ल्याएर कामहरु गर्न लागेको भन्दै मन्त्री ज्ञवालीले नेपाललाई सन २०२२ सम्म अति अल्पविकसित देशको दर्जाबाट माथि उठाउने, सन २०३० सम्म सयुक्त राष्ट्रसंघले अघि सारेका दिगो लक्ष्य पूरा गरेर नेपाललाई मध्य आय भएको देशमा पुर्याउने लक्ष्य राखेको बताए ।
यसका लागि जस्तासुकै अबरोध आएपनि सरकारले पछि नहटेर काम गर्ने मन्त्री ज्ञवालीले बताए । उनले भने,’ ‘सरकाले नेपाली जनताको सुख र राष्ट्र हित जोगाउन आउने अबरोध हटाउन जनताको साथ छ ।’
कालिगण्डकी कोरिडोर अन्र्तगतको रिडी रुद्राबेनी-पूर्तिघाट-बाग्लुङ्ग सडकको चौडा पार्ने काम नेपाली सेनाले १० करोडमा जिम्मा लिएको छ ।
सेनाले आगामी असार मसान्तसम्म उक्त सड्कखण्डको रुद्रबेनीसम्म चौडा पारेर १० मिटरको बनाउने बताएको छ ।
हाल ७ मिटरको रहेको ट्याक रहेको सड्क चौडा पारेर १० मिटरको बनाइदैँ छ । सेनाले यसअघि करिडोर अन्र्तगत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८ किलोमिटर गरी करिब ८० किलोमिटर सड्कको ट्याक खोलेको थियो ।
गुल्मीमा २०७० सालमा कालिगण्डकी कोरिडोर निर्माण कार्यदल गठन गरेको सेनाले सडक निर्माण गर्दै आएको छ ।
उत्तम घिमिरे
माैरि सकेपछि अर्काे शीकार खाेज्न जान्छन् ।