१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग

सारांश

  • काठमाडौँ, पुस २४ ।
  • डा.
  • गोविन्द केसी १४ औं पटक अनशन बस्ने भएका छन् ।

काठमाडौँ, पुस २४ । डा. गोविन्द केसी १४ औं पटक अनशन बस्ने भएका छन् । यसपटक केसीको प्रमुख माग प्रधानन्यायाधशि गोपाल पराजुलीको बर्खास्ती रहेको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न सर्वोच्च अदालतले आइतबार दिएको निर्णयविरुद्ध डा. केसी फेरि अनशन बस्ने भएका हुन् ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले भने, ‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध चार बजेदेखि अनसन बस्दैछु ।’

आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई पुर्नस्थापना गर्ने निर्णयपछि आक्रोसित डा. केसीले अनसनको तयारी गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?