अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

सारांश

  • सङ्खुवासभा ।
  • सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ ।
  • छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो ।

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

विसं २०४६ मा मुअब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६/६७ मा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिइने भएको हो । छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचनासमेत प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । पन्ध्र दिने सूचना प्रकाशनपछि मुआब्जा निर्धारण समितिको बैठकले मूल्य तोकेपछि मुआब्जा वितरण सुरु हुने बताइएको छ । प्रवेशमार्गको ‘एलाइमेन्ट चेन्ज’ हुँदा कतिपय मुआब्जा नै नलिएका व्यक्तिको जग्गाबाट समेत सडक खनिएको थियो । छुट भएको चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिइने मुआब्जा निर्धारण समितिका संयोजक सहायक प्रजिअ मोहनमणि घिमिरेले बताए ।

मुआब्जा निर्धारण समितिको प्रतिवेदनका आधारमा विसं २०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले छुट जग्गाको मुआब्जा दिने निर्णय गरेको थियो । छ्याङ्कुटीबाट विद्युत्गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आइरहेका छन् ।

अरुण तेस्रो आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेशमार्गको मुआब्जा विवाद अझै समाधान हुनसकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत्गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेभिएन)ले गरिरहेको छ । आयोजनाको कुल लागत रु एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…
राजेन्द्र महतो सहित ८ जनाको नेपाली नागरिकता रद्द
राजेन्द्र महतो सहित ८ जनाको नेपाली नागरिकता रद्द
यस्तो छ बाँकेका मतदाताको  गुनासो  : भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
यस्तो छ बाँकेका मतदाताको गुनासो : भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल
विदेशी संस्कृति भित्रिन दिँदैनौँ – बिना विभागीय मन्त्री पोखरेल
‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’
‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’
नदी वारपार गराएबापत बाली बुझाउने
नदी वारपार गराएबापत बाली बुझाउने
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा