नेपाल–पाकिस्तान परामर्श संयन्त्रको बैठक मङ्लबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
२८ पटक हेरिएको
Shares
नेपाल–पाकिस्तान परामर्श संयन्त्रको बैठक मङ्लबार

सारांश

  • काठमाडाैं।
  • एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ ।
  • दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनेछ ।

काठमाडाैं। एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ । दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनेछ ।

व्यापार, वाणिज्य, लगानी, औद्योगिक क्षेत्रमा संयुक्त लगानी, बैंक, वित्त, कृषि तथा पशुपालन, ऊर्जा, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा नागरिक उड्डयनलगायत आपसी हित र चासोका विषयमा केन्द्रित रहेर बैठकमा परामर्श गरिने परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए।

“दश वर्षअघि काठमाडौँ भएको तेस्रो बैठकका निर्णय कार्यान्वयनको अवस्था र त्यसको समीक्षा, पारस्परिक सम्बन्धका सबै पक्षमा गहन छलफल हुनेछ”, पाकिस्तान प्रस्थान गर्नुअघि रासससँगको सङ्क्षिप्त कुराकानीमा उनले भने। हरेक वर्ष काठमाडौँ र इस्लामावादमा पालैपालो बैठक गर्नेगरी संयन्त्रको स्थापना भए पनि विविध कारणले सन् २००९ यता बैठक हुनसकेको थिएन । अर्थमन्त्रीस्तरमा गठन भएको संयुक्त आर्थिक आयोगको बैठक पनि विगत सात वर्षदेखि हुनसकेको छैन ।

सचिव वैरागी नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल केही बेरअघि इस्लामावादतर्पm प्रस्थान गरेको छ । इस्लामावादस्थित नेपाली राजदूत सेवा लम्सालसहितको  प्रतिनिधिमण्डलले पाकिस्तानका विदेशसचिव सोहेल महमुद नेतृत्वको टोलीसँग द्विपक्षीय हित र साझा चासोका सबै विषयमा विचारविमर्श गर्नेछ । इस्लामावादमा रहँदा सचिव वैरागीले पाकिस्तानका उच्च राजनीतिक नेतृत्व एवं सरकारी अधिकारीसँग  बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?