अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १५, २०७९
|
|
२५ पटक हेरिएको
Shares
अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै

सारांश

  • काठमाडौँ।
  • सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ ।
  • हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ।

काठमाडौँ। सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ।

आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नेछन् । आजको बैठकमा सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् ।

बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो।

शनिबार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो। शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?