छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

सारांश

  • कञ्चनपुर, १९ साउन , शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ ।
  • छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ ।
  • महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।

कञ्चनपुर, १९ साउन , शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ ।

छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । ‘‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौँ’’, उहाँले भन्नुभयो ।

छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ । वर्षौंदेखि कुरीतिका रुपमा चल्दै आएको यस प्रथालाई रोक्न खोजे पनि लुकीछिपी कायमै रहेकाले सेवामा रोक लगाउनु परेको अध्यक्ष महराले बताउनुभयो । छाउपडी प्रथा अगाल्नेको सेवा सुविधामा रोक लगाउन थालेपछि हालसम्म एक दर्जन बढी व्यक्ति सेवाबाट बञ्चित भएको उहाँले जानकारी दिनुभयो ।

वडाले घरेलु हिंसा, बाल विवाह, अनमेल विवाह गर्ने, लागूऔषधमा संलग्न, घरमा शौचालय नभएका, बालबालिकालाई पूर्ण खोप नलगाउने र बालबालिकालाई विद्यालय नपठाउनेलगायतका कार्यमा संलग्नले आफ्नो व्यवहारमा सुधार गर्ने प्रतिबद्धता नगर्दासम्म कुनै पनि सेवा सुविधा दिने गरेको छैन् ।

वडामा मदिरा बिक्री वितरण, उत्पादन र सेवन गर्नेलाई एक वर्षअघि नै सेवा सुविधा नदिने वडा कार्यालयले नियम बनाई कार्यान्वयन गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
अस्पतालमा कुरुवालाई उद्योग वाणिज्य महासङ्घले कुरुवा घर बनाइदिने
सेक्स गर्ने नयाँ शैली–जसले भरपुर आनन्द दिन्छ
सेक्स गर्ने नयाँ शैली–जसले भरपुर आनन्द दिन्छ
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
वुनपाकाे महत्वूपूर्ण वडा नं १२ मा नेकपा एमाले जीत !
वुनपाकाे महत्वूपूर्ण वडा नं १२ मा नेकपा एमाले जीत !
नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने-नेपालका लागि चीनका राजदूत यू होङ
नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने-नेपालका लागि चीनका राजदूत यू होङ
दुई समूहबीच झगडा हुँदा एकको मृत्यु
दुई समूहबीच झगडा हुँदा एकको मृत्यु
अमेरिकाले लगाएको प्रतिबन्धपछि डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा !
अमेरिकाले लगाएको प्रतिबन्धपछि डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा !
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
मेयर कुशवाहा जेलबाट छुटेपछि कटहरिया नगरपालिकामा भोली बिदा
मेयर कुशवाहा जेलबाट छुटेपछि कटहरिया नगरपालिकामा भोली बिदा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

तपाईंले छुटाउनुभयो कि?