पाँच आयोगमा अध्यक्ष नियुक्त, को को ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
पाँच आयोगमा अध्यक्ष नियुक्त, को को ?

सारांश

  • काठमाडौं ७ माघ ।
  • संवैधानिक परिषद्ले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको परिषद् बैठकले नाम प्रस्ताव गरेको हो ।
काठमाडौं ७ माघ । संवैधानिक परिषद्ले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको परिषद् बैठकले नाम प्रस्ताव गरेको हो । पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्व अर्थसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेशी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोग र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष सिफारिस गरिएको छ । प्रत्येक आयोगमा अध्यक्ष र चार सदस्य रहनेछन् ।
धनुषाका दत्त मैथिली विद्यापति कोषका अध्यक्ष एवं जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसका अंग्रेजी विषयका विभागीय प्रमुख, बर्दियाका चौधरी पूर्वराज्यमन्त्री, काठमाडौंका अन्सारी नेकपाका केन्द्रीय सदस्य हुन् । संवैधानिक परिषद् सचिवालयले उनीहरूको नाम संसदीय सुनुवाइका लागि आइतबार नै संघीय संसद सचिवालयमा पठाएको छ । थप तीन समावेशी आयोग आदिबासी जनजाति, महिला र दलित आयोगमा भने पदाधिकारी सिफारिस गरिएका छैनन् ।
पार्टी कार्यक्रममा राजधानीबाहिर गएकाले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा भने बैठकमा उपस्थित थिएनन् । परिषद् सदस्य रहने प्रतिपक्षी दलका नेता एजेन्डा राखिएको पहिलो बैठकमा अनिवार्य हुनुपर्ने व्यवस्था छ । ओलीले सुरुमा शुक्रबार र पछि आइतबार बैठक बोलाएर देउवालाई सहभागी हुन आमन्त्रण गरेका थिए । देउवाले आफू पार्टी कार्यक्रमका सिलसिलमा राजधानीबाहिर हुने भएकाले शुक्रबार या आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको उनका राजनीतिक सहयोगी भानु देउवाले दिए ।
प्रस्तावित नाम सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोग अध्यक्ष नियुक्त गर्नेछिन् । उनीहरूको पदावधि ६ वर्षको हुनेछ । समावेशी आयोगको अध्यक्षमा पहिलोपटक नै पहाडिया बाहुन सिफारिसमा परेका हुन् । ५ अध्यक्षमा एक जना पनि महिला छैनन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सबैभन्दा महत्त्वपूर्ण संवैधानिक भूमिका छ । आयोगले संविधान र कानुनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण, कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने काम गर्नेछ ।
यसका अतिरिक्त राष्ट्रिय नीति तथा कार्यक्रम, मानक, पूर्वाधारको अवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अनुसन्धान गरी आधार तयार गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय सरकारको खर्च जिम्मेवारी पूरा गर्ने र राजस्व असुलीमा सुधार गर्नु पर्ने उपायहरूको सिफारिस गर्ने, समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी संघ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, संघ र प्रदेश सरकारको राजस्व बाँडफाँड आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्नेलगायतका कामसमेत गर्ने संवैधानिक व्यवस्था छ ।
प्राकृतिक स्रोतको परिचालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने र प्राकृतिक स्रोतको बाँडफाँडसम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सुझाव दिने संवैधानिक दायित्वसमेत वित्त आयोगको हो ।
समावेशी आयोगहरूले भने आ–आफ्नो दायित्वभित्रका समुदायका पिछडिएका, अपांगता भएका व्यक्ति, सिमान्तकृत र विपन्न वर्गलगायतको हक अधिकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्ने, उल्लिखित समुदाय, वर्ग र क्षेत्रको समावेशीकरणका लागि सरकारले अवलम्बन गरेको नीति तथा कानुनको कार्यान्वयन अवस्थाको अध्ययन गरी सुधारका लागि सुझाव दिने, राज्य संयन्त्रमा आ–आफ्नो समुदायको उचित प्रतिनिधित्व भए/नभएको अध्ययन गरी विशेष व्यवस्थाको पुनरावलोकन गर्न सरकारलाई सिफारिस गर्ने र आ–आफ्नो समुदायको संरक्षण, सशक्तीकरण र विकास सन्तोषजनक भए/नभएको अध्ययन गरी भविष्यमा अवलम्बन गर्नु पर्ने नीतिको सम्बन्धमा सिफारिस गर्ने काम गर्नेछन् ।

(Alprazolam Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता–सहयात्री दलबीच सरकार सञ्चालनका क्रममा मतभेद, एकता प्रक्रिया अन्याैल !
सत्ता–सहयात्री दलबीच सरकार सञ्चालनका क्रममा मतभेद, एकता प्रक्रिया अन्याैल !
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत
८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
फोरम र राजपाबीच होला त एकीकरण?
फोरम र राजपाबीच होला त एकीकरण?
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
केपी शर्मा ओलीको अग्रता कायमै यस्तो छ (ताजा मत परिणाम)
केपी शर्मा ओलीको अग्रता कायमै यस्तो छ (ताजा मत परिणाम)

तपाईंले छुटाउनुभयो कि?