अश्लीलताको आरोपमा ७ विदेशीलाई देशनिकाला

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अश्लीलताको आरोपमा ७ विदेशीलाई देशनिकाला

सारांश

  • क्याम्बोडियाले अश्लील कृयाकलाप गरेको अभियोग लागेका १० मध्ये सात विदेशी पर्यटकलाई देशनिकाला गरेको छ।
  • एउटा पार्टीमा यौनजन्य गतिविधि गरेका तस्बिरहरू सार्वजनिक भएपछि अभियुक्तहरूको उक्त समूहलाई गत महिना देशको उत्तरपश्चिमी प्रान्त सिएम रिआपबाट पक्राउ गरिएको थियो।
  • देशनिकाला भएका ती सात पर्यटकहरू यूके, न्यूजिल्यान्ड र क्यानडाका नागरिक हुन्।

क्याम्बोडियाले अश्लील कृयाकलाप गरेको अभियोग लागेका १० मध्ये सात विदेशी पर्यटकलाई देशनिकाला गरेको छ।

एउटा पार्टीमा यौनजन्य गतिविधि गरेका तस्बिरहरू सार्वजनिक भएपछि अभियुक्तहरूको उक्त समूहलाई गत महिना देशको उत्तरपश्चिमी प्रान्त सिएम रिआपबाट पक्राउ गरिएको थियो।

देशनिकाला भएका ती सात पर्यटकहरू यूके, न्यूजिल्यान्ड र क्यानडाका नागरिक हुन्। उनीहरूलाई गत हप्ता जमानत दिइएको थियो।

यूके, नर्वे र नेदर्‌ल्यान्ड्सका अरू तीन जनाले भने उक्त पार्टी आयोजना गरेको आरोपमा मुद्दा खेप्नु पर्ने भएको छ ।

तर ती पर्यटकहरुले आफूहरू नग्न नबनेको र कुनै अश्लील सामग्री उत्पादन नगरेको दावी गर्दै दशै जनाले लगाइएका अभियोग अस्वीकार गरेका छन्।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?