समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सारांश

  • काठमाडौं।
  • समाजवादी पार्टीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
  • बुधबार बसेको समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष उपेन्द्र यादवले बताए।

काठमाडौं। समाजवादी पार्टीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष उपेन्द्र यादवले बताए। बुधबार संसदीय दलको कार्यलय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो।

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकारले दुई तिहाई बहुमत गुमाएको छ। वर्तमान ओली सरकारसँग अब साधारण बहुमत मात्र हुनेछ। यद्यपी यसले सरकारलाई तात्विक असर भने पर्ने छैन। यसअघि बाहिरै बसेर सरकारलाई समर्थन गर्दै आएको राजपाले गत फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?