भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
२२ पटक हेरिएको
Shares
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडौं, असार २६ ।
  • चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो ।

काठमाडौं, असार २६ । चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिए । ‘बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ ।’ उनले भने। यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?