सरकारका कामकारवाही प्रति प्रचण्ड असन्तुष्ट !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
सरकारका कामकारवाही प्रति प्रचण्ड असन्तुष्ट !

सारांश

  • काठमाडौं, १० असाेज।
  • पछिल्लो समयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड सरकारका काम कारवाहीप्रति सन्तुष्ट देखिँदैनन्।
  • उनले सार्वजनिक कार्यक्रममा नै सरकारको कामप्रति असन्तुष्टि जनाउने गरेका छन्।

काठमाडौं, १० असाेज। पछिल्लो समयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड सरकारका काम कारवाहीप्रति सन्तुष्ट देखिँदैनन्। उनले सार्वजनिक कार्यक्रममा नै सरकारको कामप्रति असन्तुष्टि जनाउने गरेका छन्। केही दिन पहिल पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी ओलीकै सामुन्नेमा सरकारको कामप्रति असन्तुष्टि जनाएका थिए। उनले जनताले निकै ठूलो आशा र भरोसा गरेर कम्युनिष्ट पार्टीलाई जिताएको तर जनताको चाहना अनुसार काम नभएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले भाषण कम र काम बढी गर्न आग्रहसमेत गरेका छन्।

उनले वर्तमान सरकार असफल भए नेपालमा कम्युनिष्ट पार्टी नै असफल हुने भन्दै सरकारलाई असफल हुने छुट नभएको बताउँदै आएका छन्। प्रचण्डको असन्तुष्टि बुधबार पनि देखियो। उनले बुधबार राजधानीमा आयोजित भएका कार्यक्रममा पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरे। आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई पार्टीकै शीर्ष नेताले बारम्बार सचेत गराउँदा पनि भनेजस्तो काम नभएपछि कतै नवगठित नेकपामा असन्तुष्टि चुलिँदै गएको त होइन भन्ने आशंका जन्मिन थालेको छ। बुधबारको कार्यक्रममा प्रचण्डले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण मुलुकमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

उनले पूरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढदै गइरहेको उल्लेख गरे। अध्यक्ष दाहालले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यक्ता औंल्याए। उनले नाफाको सुनिश्चित हुने ग्यारेन्टी राज्यले गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरुले सक्दो पहल गर्ने आश्वासन दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
गृहकार्य नगर भन्दै शिक्षकले गरे विद्यार्थीलाई रामधुलाई, कक्षा ६ मा पढने एक छात्रा घाइते
गृहकार्य नगर भन्दै शिक्षकले गरे विद्यार्थीलाई रामधुलाई, कक्षा ६ मा पढने एक छात्रा घाइते
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम
बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
इन्धनमा जल्छ पैसा
इन्धनमा जल्छ पैसा
हिरासतमै पुगेर मानव अधिकारकर्मीले भेटे विप्लवका कार्यकर्ता
हिरासतमै पुगेर मानव अधिकारकर्मीले भेटे विप्लवका कार्यकर्ता
ओली-प्रचण्ड विवादको असर संवैधानिक निकायको नियुक्तिमा
ओली-प्रचण्ड विवादको असर संवैधानिक निकायको नियुक्तिमा
मंगलबार २५९ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना
मंगलबार २५९ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना