‘एक स्थानिय तह एक लघुउद्यम’: मुख्यमन्त्री शाही

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
‘एक स्थानिय तह एक लघुउद्यम’: मुख्यमन्त्री शाही

सारांश

  • सुर्खेत, १४ जेठ ।
  •   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकास आवश्यक भएको वताएका छन ।
  • ठुलो पुजीको लगानीलाई मात्र प्राथमिकता दिईएमा एकाधिकार पुजींको विकास हुने वताउदै मुख्यमन्त्री शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकासले महत्वपुर्ण टेवा पुर्याउने धारणा राखे ।

सुर्खेत, १४ जेठ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकास आवश्यक भएको वताएका छन ।

ठुलो पुजीको लगानीलाई मात्र प्राथमिकता दिईएमा एकाधिकार पुजींको विकास हुने वताउदै मुख्यमन्त्री शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकासले महत्वपुर्ण टेवा पुर्याउने धारणा राखे ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा साेमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित उद्योग तथा उद्यमशिलता र लघुउद्यम विकास मोडेल सम्वन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले लघुउद्यम विकासका लागि ‘एक स्थानिय तह एक लघुउद्यम’को नीति लिएको वताए ।

शाहीले लघुउद्यमको वर्गीकरण जरुरी भएको भन्दै राम्रो गर्ने उद्यमीलाई सरकारले अनुदान तथा सहुलियत व्याजदरमा ऋणको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री शाहीले लघुउद्यम विकासका लागि सहज होस भनेर आफुले वैंक संचालकहरुको वैठक वोलाएर सवै स्थानिय तहमा वैंकिंग सेवा पुर्याउन समेत अनुरोध गरेको जानकारी दिए ।

लघुउद्यमले पर्यटन विकासमा समेत टेवा पुर्याउने वताउदै  कर्णालीमा आउने पर्यटकलाई कोशेली स्वरुप लघुउद्योगका उत्पादन लिने वातावरण वनाउन जरुरी रहेको वताए ।

अन्तराष्ट्रिय वजारमा लघुउद्योगका उत्पादनको माग अत्यधिक रहेको भन्दै शाहीले वजारिकरणको व्यवस्था सरकारले गर्ने प्रतिवद्धता गरे । ‘तपाईहरुले उत्पादन मात्र गर्ने हो, वजार खोज्नु पर्दैन वजारको व्यवस्था सरकारले गर्छ ।’ शाहीले भने ।
कर्णाली प्रदेशमा तत्काल ठुला उद्योग सञ्चालन गर्न कठिनाई रहेको भन्दै मुख्यमन्त्री शाहीले आर्थिक विकासमा औद्योगिक क्षेत्रको योगदानको अवसर लघुउद्यमलाई रहेको वताए ।

हिजोको दिनमा आर्थिक रुपमा कर्णाली प्रदेश आत्मनिर्भर रहेको चर्चा गर्दै उहाँले अव पनि कर्णाली प्रदेशलाई आत्मनिर्भर वनाउन उत्साहका साथ लाग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
फैसला कार्यान्वयनमा समस्या
फैसला कार्यान्वयनमा समस्या
देउवा सरकारले, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा
देउवा सरकारले, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
महाराष्ट्र पहिरोःसत्ताइस जनाको शव भेटियो, साठी जना बेपत्ता
महाराष्ट्र पहिरोःसत्ताइस जनाको शव भेटियो, साठी जना बेपत्ता
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै
महाेत्तरीमा क्रसर उद्योग  सञ्चालनमा रोक
महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

तपाईंले छुटाउनुभयो कि?